साउन ३२, काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सरकारले बढाएको छ।
श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
साउन १ गतेदेखि लागुहुने गरी मन्त्रालयले न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको हो।
आधारभूत पारिश्रमिक १० हजार ८२ मा महंगी भत्तासहित १७ हजार पुगेको हो । न्यूनतम पारिश्रमिक यसअघि मासिक १५ हजार रुपैयाँ थियो।
त्यसैगरी दैनिक पारिश्रमिक ६६८ रूपैयाँ पुगेको छ भने प्रति घण्टाको ८० रुपैयाँ छ ।
- न्युज बहार संवाददाता