मंसिर
२०, नवलपरासी । यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा धान उत्पादनमा वृद्धि
भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लामा
धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको हो ।
यस
विषयमा सूचना अधिकारी काफ्लेले भने “गत वर्षभन्दा यस वर्ष धानखेती
भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक
टनले वृद्धि भएको छ”, ।
यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८
हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन
भएको सूचना अधिकारी काफ्लेले बताए । जिल्लामा गत वर्ष १८ हजार आठ सय
१६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन
भएको थियो ।
सूचना अधिकारी काफ्लेले उत्पादकत्वका हिसाबले यो वर्ष
जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको बताएका छन ।
- न्युज बहार संवाददाता