Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

झापामा आव २०७९/८० मा फल्यो १० हजार मेट्रिक टन सुपारी ।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

साउन २४, झापा  ।   नेपालको झापा जिल्ला धान र चिया उत्पादनका लागि प्रसिद्ध मान्निछ । यसका साथै झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ ।

धार्मिक कार्यहरु न्वारान, विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त पनि मानिन्छ । सुपारीको दानालाई हिन्दू धर्म अनुसार गणेशका रुपमा पूजा गरिने चलन पनि छ ।

सुपारीको उर्वर जिल्ला झापामा दुई हजार सात सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा मात्र गएको आर्थिक वर्ष २०७९/८० मा १० हजार तीन सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । अहिले झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ ।

सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी झापा जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको बताउँछन । उनको भनाइ अनुसार सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको हो ।

सुपारीको खोस्टाबाट कचौरा, प्लेट, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधादर्जन उद्योग हाल झापामा सञ्चालनमा रहेका छन् । यसरी सुपारीका पातबाट निर्मित भएका सामान यूरोपसम्म निर्यात हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप