भदौ ७, तनहुँ । तनहुँ जिल्लाको डुम्रेका धानबालीमा गबारो र पात बेरुवा किरा देखिन थालेको छ । धानबाली अनुगमनका क्रममा म्याग्दे गाउँपालिका–७ पयेरमा गबारो र पात बेरुवा किरा देखिएको हो ।
म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको जानकारी दिएकी छन । उनले भनिन् “किरा नास गर्ने काम थालिसकेका छौँ।” यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको उनका उल्लेख गरेकी छन।
शाखा प्रमुख घिमिरेले गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको जनाएकी छन । शाखा प्रमुख घिमिरेले म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको जनाएको छ ।
- न्युज बहार संवाददाता