असोज १४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिनदिन नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य सामान्य गिरावट आएको छ।
गएको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन आठ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य आज आइतबार पनि घटेको छ।
चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता