भदौ ६, धादिङ । धादिङ जिल्काको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ यसलाई मचेत पनि भन्निछ । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको गाउँ हो । भौगोलिक हिसाबले विकट भएपनि अहिले मचेतमा लटरम्मै स्याउ फलेको छ । लटरम्मै फलेको स्याउ बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न नसकिएकोले स्याउ किसान चिन्तामा छन ।
पाँच वर्षअघि मचेतका स्थानिय लरेन्स लामाले लगाएको स्याउले अहिले
प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै रहलाग्दा छन ।,“गाउँमा स्याउ फलाउने रहर र
बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएको हुँ स्याउ फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन
नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएको छैन”, लामाले भने । एउटा बोटमा बढीमा ६० किलोसम्म
स्याउ फलेको उनको भनाइ छ ।
लामाको स्याउबारीमा गोल्डेन, फुजी, क्रिस्पीन र रेड डेलियसियस जातका स्याउ बिक्रीका लागि तयारी भएका छन । स्याउ खान र स्याउबारी
हेर्न बारीमै
पुग्नेले प्रतिव्यक्ति रु दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइने उनी बताउँछन ।
अहिले वन्यजन्तु र वस्तुभाउबाट लटरम्म फलेको स्याउ जोगाउन कठिन भएको । मचेत गाउँमा वा गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । सडक सञ्जाल सहज बनाइदिन र गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन सरकारसँग लामाले माग गरेका छन ।
स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि बनेको छ । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा रहेको मचेत गाउँमा काठमाडौँबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर पुग्न सकिन्छ ।