साउन १६, काठमाडौँ ।
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
मंगलबार
नेप्से परिसूचक २८.५९ अंक (१.३८ प्रतिशत) ले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ।
अघिल्लो
दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ।
यस दिन
२६२ वटा धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेचबाट १ अर्ब ९२ करोड ४४
लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ।
यस दिन सुपर
मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त रहेको छ।
आज नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएको म्युचुअल फण्ड समूहको परिसूचक ०.३५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा सबै समूहको परिसूचक घटेको छ।
आज निरर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता