वैशाख ७,
काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म सङ्घीय सरकारले सगरमाथा संवादको गर्ने भएको
छ । यसैको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना हुँदैछ । जुम्लाको खलङ्गामा यही
वैशाख ९ र १० गते हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको
समस्या उठाइने जनाइएको छ ।
युथ
एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), सेभ द चिल्ड्रेन, कर्णाली एकीकृत ग्रामीण विकास
तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा सगरमाथा
संवादको सचिवालयसँगको समन्वयमा हिमाली संवाद हुन लागेको हो ।
यस
संवादमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई
अनुभव आदानप्रदान गर्न, आफ्ना
विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि
वकालत गर्ने मञ्च प्रदान गरिनेछ ।
- न्युज बहार संवाददाता