साउन
६, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यस दिन
नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेको छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि बढेको छ। बजारमा यस दिन ३१९ स्टकको १ लाख ७७ हजार १०१ पटकको कारोबारमा २०
अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर
खरिदबिक्री भएको छ।
यस दिन तीन स्टक (ट्रेड
टावर, शिवम्
सिमेन्ट्स र सान्भि इनर्जी) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस यस
दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी
शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर
कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३
वटै उपसमूहको परिसूचक बेको छ। १३ मध्ये सर्वाधिक
४.६३ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता