असोज १०, काठमाडौँ । ६० किलो ७ सय ग्राम सुन तस्करी प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । आज बुधबारबाट सुन प्रकरणमा थुनछेक बहस सुरु हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले मंगलबार न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको र आजबाट थुनछेक बहस सुरु हुने बताएका हुन ।
- न्युज बहार संवाददाता