Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकै दिन ९ हजार ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

  •   ६ महिना अघि | १५ माघ २०८२, बुधबार

माघ १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुँदै फेरि नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। पछिल्ला पाँच दिनदेखि दुबै धातुको मूल्य लगातार बढ्दै नयाँनयाँ कीर्तिमान कायम गरिरहेको छ।

आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्यलाई उछिन्दै आज सुनले नयाँ उचाइ छोएको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा बढेको छ। आज चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। यसरी, चाँदीले पनि अघिल्लो रेकर्डलाई तोड्दै आज नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ।

  • न्युज बहार संवाददाता

थप