वैशाख २३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ।
सुनको
भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार
छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज मंगलबार नेपाली
बजारमा चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ५५ रूपैयाँले बढेको छ ।
चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ कनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता