चैत ५,
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको
मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन पछिल्लो
रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँले बढेको हो।
आज सुन प्रतितोला
एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ।
सोमबारको
तुलनामा भने मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको हो।
नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा
बढेको छ।
अघिल्लो
दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता