Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अबदेखि शुक्रबार शेयर कारोबार हुने आइतबार नहुने

  •   ४ महिना अघि | २५ चैत्र २०८२, बुधबार

चैत २५, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले शेयर कारोबारका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मानेर कारोबार दिनमा परिवर्तन गरिएको हो।

सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यही निर्णयलाई अनुसरण गर्दै नेप्से सञ्चालक समितिले पनि सोही मितिमा बसेको बैठकबाट नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

नयाँ कार्यतालिकाअनुसार अब शेयर बजार सोमबारदेखि शुक्रबारसम्म पूर्ववत् समयमै सञ्चालन हुनेछ।

यसअघि आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा अब आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन शेयर कारोबार नहुने भएको छ।

  • न्युज बहार संवाददाता

थप