Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फ्रेसकेटिएम फार्मिङ - विषादी नियन्त्रित तरकारी र फलफूल खेती गर्दै

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ । अहिले विषादी बिनाको तरकार, फलफुल पाइन्छ र भन्नु पर्ने समय छ । तर अहिले पनि फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेतीलाइ जोड दिँदै यसको खेती गरिरहेको छ।

फ्रेसकेटिएम फार्मिङले रौतहट जिल्लामा १०० बिघा क्षेत्रफलको जमिनमा विषादी नियन्त्रित फलफूल, तरकारी, धान, गहुँ, मकै, तोरी र दाललगायत उत्पादन गर्दै आएको हो।

उक्त फार्ममा उत्पादित विषादी रहित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै आउटलेटहरूबाट बिक्री गरिरहेको छ ।

फ्रेसकेटिएमका आउटलेटहरू काठमाडौँको रातोपुल, झम्सिखेल र भैंसेपाटीमा रहेको छ । यी आउलेटहरुमा उक्त विषादी रहित खाद्यान्न तथा तरकारी फलफुलहरु खरिद गर्न सकिन्छ ।

फ्रेसकेटिएमका निर्देशकका अनुसार फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत किट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको हो ।

अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू फलिरहेको छ । तरकारीका साथै तोरी, गहुँ र दाल पनि उत्पादन हुने गरेको छ ।

उक्त फार्ममा एक सयभन्दा बढीले काम गरिरहेका छन ।

  • न्युज बहार संवाददाता

थप