Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था आजदेखि कार्यान्वयनमा

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । बजेटमार्फत सरकारले घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था आज देखि कार्यान्वयनमा आएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै १५ जेठमा गरेको घोषणा लगभग चार महिनापछि आजबाट कार्यान्वयनमा आएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा यसअघि लाग्दै आएको दस्तुर मिनाहा भएको जानकारी दिएको हो ।

यस व्यवस्थासँगै अब कुनै पनि कम्पनी दर्ता गर्दा र कम्पनीको पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा, दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम अब कुनै शुल्क लाग्ने छैन ।

  • न्युज बहार संवाददाता

थप