कार्तिक
१६, काठमाडौँ । आज (बिहीबार) मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट भएको छ।
मिर्मिरे लघुवित्तको बिक्री
प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा
गोलाप्रथामार्फत् १२ हजार ३८१ जनाले सेयर पाएका छन्।
लगानीकर्ताले एफपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर
एकाउन्टबाट हेर्न सक्नेछन्।
साथै, सिडिएस एन्ड क्लियरिङको वेबसाइट तथा कम्पनीको वेबसाइटबाट पनि
नतिजा हेर्न सकिन्छ।
- न्युज बहार संवाददाता