भदौ १२, भोजपुर । भोजपुरका किसानले व्यावसायिक
अकबरे (डल्ले) खुसार्नी खेतीबाट मनग्य आम्दानी लिँदै आएका छन् । भोजपुरमा उत्पादित खुसार्नीको बाह्य
जिल्लाका बजारमा समेत माग बढ्न थालेपछी किसान राम्रो आम्दानी लिन सफल भएका
हुन् ।
भोजपुरका स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै इटहरी, धरान, काठमाडौँ, विराटनगरलगायतका सहरमा पुग्ने गरेको छ । त्याहाँ उत्पादन भएको सबै जसो खुसार्नी किसानको बारीबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । किसानको भनाइ अनुसार खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको छ ।
पौवादुङमा–२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको बताउँछन । दैनिकजसो गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता