Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइ नभ्याई

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

असोज २९, भक्तपुर । यतिखेरि भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइ नभ्याई परेको छ । एकातिर किसानका कौसी, घरआँगन तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त रहेका छन् ।

किसान केही दिनअघि परेको लगातारको वर्षाले गर्दा डराएका थिए र सोही किसिमको वर्षाले पुनः पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् ।

किसानलाई धान खेती हुने क्षेत्रहरु हनुमन्ते, मनोहरा र खस्याङ खुसुङ आसपास, ताथली, सुडाल, चाँगुनारायण,दुवाकोट, सिपोडोल, बागेश्वरी, छालिङ, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न भ्याई नभ्याई छ ।

भक्तपुर नगरका ल्योसिख्यो, नपुखु क्षेत्र, बाराहीस्थान, भीमसेनस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छ ।

थप