कार्तिक २, काठमाडौँ । आज भोली दसैँको
माहोलमा पनि उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई परेको छ ।
अहिले भक्तपुर,
काठमाडौँ र
ललितपुरका किसानहरु धानबाली भित्र्याउन खेतमा व्यस्त भएका छन ।
दसैँ
सुरु भइसक्दा पनि उनीहरुमा धान भित्र्याउने चटारो देखिएको छ ।
बेमौसमी
वर्षाले र हावाहुरीले खेतमा पहेँलै पाकेर झुलेको धानलाई भिजाउने, धानका बोट लडाउने
गर्ने चिन्ताले यतिखेर किसान दसैँको माहोलमा पनि खेतमै व्यस्त भएको देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता