Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मौरी चराउन किसानहरु चिउरी पाखामा

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, भरतपुर । चिउरीका बोट चितवनको पहाडी क्षेत्रमा प्रशस्तै भेटिन्छन् । यहाँका मौरीपालक किसान यतिबेला चिउरी फुल्ने मौसम भएकाले मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

यतिबेला चिउरीको बोटमा फूल खेल्न सुरु भएको छ । दुई सय घार मौरी लिएर रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा पनि कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् ।

उनले भने, ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ, फागुन अन्तिमसम्म मौरी यही राख्छु।’  उनले दुई पटकसम्म मौसमले साथ दियो भने चिउरीको मह काढ्ने गरेका छन ।

किसान थापाका अनुसार उपभोक्तले चिउरीको मह नजम्ने भएका कारण धेरै खोज्ने गरेको छन ।

उनका अनुसार अहिले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको छ भने चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने गर्दछन । उनले भने ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ, जिन्दगीको सबैभन्दा आनन्द यही हो, मौसम अनुकुल भए वर्षमा चार पटक सम्म मह काढ्छु।’

चितवनको इच्छाकामना गाउँपालिकाका, राप्ती नगरपालिका र कालिका नगरपालिका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलका अनुसार यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको बताए ।

पूर्वअध्यक्ष पौडेलले जङ्गली फूलमा र विषादी र चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने बताए ।

उनका अनुसार नेपालमा मेलीफेरा  र सेरेना मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा पाल्नेले भने मेलिफेराको पाल्छन । पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान रहेकोले चितवनलाई  मौरीपालनको उर्वर भूमि मान्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप