पुस २६, चितवन । दूधको रकम समयमै भुक्तानी गर्न चितवनका किसानले माग गरेका छन् । भरतपुरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा दुग्ध उत्पादनका क्षेत्रका किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो गरेका हुन् ।
विभिन्न पाँच बुँदे माग किसानले सम्बन्धित निकाय समक्ष राखेका छन् । पाँच बुँदे मागमा बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, लगायतका छन् ।
चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले गरेका छन । उनले दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताएका छन ।
- न्युज बहार संवाददाता