Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धानबालीमा फौजी कीरा र गबारो किराको समस्याले किसान चिन्तित ।

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा फौजी कीरा र गबारो किराको समस्या देखापरेको छ । यसरी धानबालीमा किराको रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।

अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको जानकारी दिइन् । 

उनले समस्याबारे जानकारी दिँदै भनिन्, “ढुसी, गबारो र फौजी कीराको समस्या देखापरेको छ, केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ।”

उनले यसरी दानमा रोग देखिएको बन्दै किसान आएपछी रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको बताइन् ।

शाखा प्रमुख बिडारीले हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा पुग्ने गरेका छन । यस रोगको सबैभन्दा बढी समस्या वडा नं ७ मा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप