Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित किसान

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, म्याग्दीर । पछिल्लो समय म्याग्दीका किसान परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय जौ, गहुँ, फापर, उवा जस्ता खेती गरिरहेका किसान ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित हुन् थालेका हुन ।

स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइ अनुसार पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटा मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ६ दरवाङ,७ विमलगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलुखेतीतिर लागेका हुन ।

किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकिर्षत भएका हुन ।

उनले आलु जति फलाए पनि बिक्रीका लागि चिन्ता नभएको बताएका छन । आलु फलाएपछि  मौसमीभन्दा बेमौसमीमा यसको भाउ धेरै पाइने मालिका–२ रुमका किसान टेकबहादुर विकले बताउँछन ।

  • न्युज बहार संवाददाता

थप