कार्तिक १५, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र
बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज डलर
एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।
नेपाल
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ०५
पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा पाइने छ।त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८५ रुपैयाँ तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा तोकिएको छ।
त्यस्तै आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइने छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ९० पैसा र बिक्रीमा २८ रुपैयाँ ०२ पैसा पाइनेछ।
आज बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८६ पैसा पाइन्छ। आज राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तोकेको छ ।
यस दिन बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८९ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता