Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वैदेशिक रोजगारीबाट फर्केर च्याउ खेतीमा रमाउँदै

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, मलेखु । पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएका विनोद पौडेलले स्वदेश फर्किएर च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले च्याउ खेती सुरु गरेका हुन् ।

मासिक झन्डै रु एक लाख पाउने युएईको कन्सल्टेन्ट कम्पनीको जागिर छोडेर नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए । पौडेल भन्छन्,  “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो, चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।”

सुरुमा विसं २०७६ मा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गरेका पौडेलले अहिले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले उनकोमा ४५ च्याउ र दुई रोपनीमा ग्रिन हाउस रहेका छन

थप