Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चियाको हब मानिने इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, इलाम । चियाको हब मानिने इलाम जिल्लामा पछिल्लो समय ड्रागन फ्रुटको खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र इलामका अनुसार गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुटको खेती लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको छ । गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जनाएका छन । 

नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईजोगमाई गाउँपालिकाको सोयाङ, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भाग र माईखोलालगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताएका छन । उनले भने “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ, व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।” 

चार नगरपालिका  र छ गाउँपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार नभएको भएपनि हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका प्रमुक बर्देवाका अनुसार ठूलो परिमाणमा वार्षिक बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा किसानलाई अनुदानमार्फत प्रोत्साहन गरिएको छ । उनले बजारको उचित व्यवस्था गरी किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सकेको खण्डमा नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको बताएका छन ।

ड्रागन फ्रुटमा भिटामिन र मिनिरल्सको भरपुर मात्रामा पाइन्छ । चिकित्सकका अनुसार यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक समेत रहेको छ भने यसले मुटु पनि स्वस्थ राख्न मद्धत गर्छ । 

थप