Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति उखु उत्पादक किसानको असहमति

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, सर्लाही । सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति सर्लाहीका उखु उत्पादक किसानले असहमति जनाएका छन् । सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति उखु उत्पादक किसान हकहित संरक्षण समिति, नेपाल उखु उत्पादक किसान महासङ्घ र मिलगेड उखु उत्पादक किसान समितिले असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । गत वर्षभन्दा  यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु २५ बढाएको छ । उखुको मूल्य हाल प्रतिक्विन्टल रु पाँच सय ६५ निर्धारण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने माग राखीएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिएका छन । उनको भनाइ अनुसार उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन हुने छैन । 

सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गरिनुपर्ने मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेती बताउछन् । उनको भनाइ अनुसार बजारमा चिनीको माग बढ्दा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलार्ई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका हुन । 

उखु उत्पादक किसानले उखुको गत वर्ष बेचेको अनुदानबापतको रकम अझैसम्म पाएका छैनन् । गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा माग गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप