Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङ जिल्लाको स्याउ बगानमा यस वर्ष स्याउ उत्पादनमा कमी

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ मसगाउँमा लगाएका स्याउका बिरुवामा उत्पादन कम भएको छ । एक कृषकले गत साल आफ्नो बगानबाट १५ क्विन्टल स्याउ उत्पादन गरेर बिक्री गरेका थिए भने अहिले उनको स्याउ बगान रित्तै छ ।

गत चैत र वैशाखमा परेको असिनाका कारण स्याउ बगानको उत्पादनमा कमी आएको सजिलै देख्न सकिन्छ । ढोरपाटन र निसेलढोर क्षेत्रमा चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको हो । यस क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।

ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान असिनाका कारण अहिले निराश भएको छन । यस क्षेत्रमा परम्परगात स्याउखेती सफल हुन नसक्दा किसानहरु अहिले स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका छन।

हिमपातसँगै पानी र वर्षाका कारण ढोरपाटन क्षेत्रमा मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् ।

ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको कृषि अध्ययनले समेत देखाएको थियो ।  

यस क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौँ भए पनि अहिले व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ ।  

किसान रामबहादुरले यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भएता पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको बताए । ढोरपाटन क्षेत्रमा एक दर्जन किसानले व्यावसायिक स्याउखेती र दुई सयभन्दा बढी किसानले परम्परागत स्याउखेती गर्दै आएका छन् । 

  • न्युज बहार संवाददाता

थप