Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लगातार रेकर्ड ब्रेक गर्दै सुनको मुल्य, आज तोलामा आठ सयले बढ्यो

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । सोमाबर नेपाली बजारमा सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ र  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप