भदौ
१३, काठमाडौँ । जनकपुर अवतरण हुन नसकी काठमाडौँ फर्किएको जहाजका यात्रुहरूलाई बुद्ध
एअरले अर्को जहाजमा पठाएको छ।
बुद्ध
एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै
जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको जानकारी दिएका हुन।
कर्णले
भने ‘जहाजमा
६८ यात्रु थिए, उनीहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ । ’
जहाज
२३ मिनेट उडेपछि प्राविधिक समस्या भएको भन्दै फेरि काठमाडौं फर्किएको थियो ।
प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको बुद्ध एअरले जानकारी गराउँदै अहिले काठमाडौँमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ।
- न्युज बहार संवाददाता