पुस ३, बागलुङ
। शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर
खड्का एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ सुन्तलाखेतीमा रमाउँदै आएका
छन् ।
उनले शिक्षक अवकाशपछिको समय सुन्तला खेतीमा
लगाएको १० वर्ष भइसकेको छ । उनी सुन्तलाखेतीबाटै वार्षिक रु
पाँच लाख आम्दानी गर्न सफल छन् । मासिक रु ३५ हजार पेन्सन बुझ्ने
उनी शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत
व्यक्तिबाट अवकाशप्राप्त गरेका हुन ।
खड्काले आफू
अहिले किसानका रूपमा सक्रिय भएको र कृषिबाट सन्तुष्ट बनेको बताए । आठ रोपनी
जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार बजार पुगेका छन् ।
अवकाशपछि
आफूलाई सुन्तलाखेती समर्पित गराएका खड्काले दुई सय सुन्तलाको बोटबाट सुन्तला
उत्पादन गरिराखेका छन । खड्काले भने “मैले धान फल्ने खेतमा सुन्तला
खेती गरेको हुँ परम्परागत कृषि पेसा पुख्र्यौली थियो, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत
व्यक्ति बने, ३७ वर्ष
लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला
चितवनको व्यापारीलाई रु पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष सुन्तला
बिक्रीबाट रु पाँच लाख कमाएको थिए।”
चितवनका
व्यापारीहरुले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय
महिलाले समेत रोजगारी पाएका छन् । केही सुन्तलाको रुखले आगमी वर्ष उत्पादन दिन
थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काले अनुमान गरेका छन ।
सिगानाका
झण्डै एक सय किसानले सुन्तला गाउँका रूपमा परिचित सुन्तला फलाउँदै आएका छन् ।
सुन्तलाबाट पछिल्लो छ वर्षदेखि
खड्काले लोभलाग्दौ आम्दानी गर्दै आएका छन् ।
- न्युज बहार संवाददाता