पुस ८, बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका पदम खत्रीको खत्री
एग्रो फार्ममा एउटै काउली नौ किलोको फलेको छ।
बागलुङ
नगरपालिका–९ तित्याङ
थापाथरका खत्रीले विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका थिए । उनी
अहिले यस क्षेत्रकै सफल कृषकमा पर्छन। उनको खत्री एग्रो फार्ममा यसपटक नौ किलोको
एउटै काउली फलेको छ ।
खत्रीका
अनुसार फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली
टिपेर जोख्ने क्रममा नौ केजीको रहेको थाहा पाइएको हो ।
- न्युज बहार संवाददाता