Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारी सेवानिवृत्त भएपछी सुन्तलाको व्यवसायीक खेतिमा रमाउँदै

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, तनहुँ । पछिल्लो समय तनहुँ दमौली म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा सुन्तला खेतीमा व्यस्त छन् । उनले कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि पूर्णरूपमा सुन्तला खेतीमा लागिरहेका छन् ।

५६ रोपनी क्षेत्रफलमा उमेरले छपन्न लागेका थापाले व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। बर्सेनि चार सय बोट सुन्तलाबाट रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनी बताउँछन। 

थापा सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका सफल कृषी व्यवसायी मात्रै नभएर कृषिविज्ञ पनि हुन् । “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु, उनले भने, “सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसैमा सन्तुष्ट पनि छु।”

काठमाडौँका व्यापारीले तनहुँमा उत्पादित अधिकांश सुन्तला लैजाने गरेका छन् । व्यापारीहरु सुन्तला खरिदका लागि बगैँचासम्म पुग्ने गरेका छन् । यहाँको सुन्तला काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा पनि बिक्री हुने गरेको छ । यसका साथै किसानका अनुसार जिल्लाकै दुलेगौडा, दमौली, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको छ। 

  • न्युज बहार संवाददाता

थप