साउन २४, काठमाडौँ । नेपाल टेलिकमको रिचार्ज
कार्ड हराएको छ । नेपाल टेलिकमले ढुवानी
गर्ने क्रममा ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जानकारी
गराएको हो।
नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले नमस्ते ब्राण्डका रिचार्ज कार्ड काठमाडौँबाट भैरहवा पठाउने क्रममा हराएको जनाएको छ ।
सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको निर्देशनालले जनाएको छ । आज सार्वजनिक सूचना जारी गर्दै ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन निर्देशनालयले वितरक वा ग्राहकलाई अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता