Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१५ लाख बराबरको नक्कली नोट सहित ९ जना पक्राउ ।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमाडौँ । प्रहरीले भक्तपुरबाट १५ लाख बराबरको नक्कली नोट बरामद गरेको छ ।

चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट प्रहरी प्रभाग चाँगुनारायण र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले बिहीबार साँझ  १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी टोलीले १५ लाख रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ । प्रहरीले उनीहरू सबै माथी नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरु टोली नै मिलेर चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका खुलेको छ । प्रहरीले उक्त कोठाबाट कम्प्युटर एक थान, कलर प्रिन्टर एक थान, चार वटा स्कुटर र मोबाइल १२ थान समेत बरामद गरेको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप