जेठ १८, म्याग्दी
। आठ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको
छ । शनिबार साँझ म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको
पदयात्रा टोलीलाई पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सवको
सुरुवात गरिएको छ ।
आजदेखि
सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग
छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय,
जनजागरण
युवा क्लब र सिर्जनशील आमा समूह, पर्यटन व्यवसायी, अन्नपूर्णले स्वागत गरेका थिए ।
स्वागत
कार्यक्रममा माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा
सङ्गीत प्रस्तुत गरेका थिए। अन्नपूर्ण आधार शिविरमा उनीहरूले यही जेठ १९ गते पनि साँझ
पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ ।
- न्युज बहार संवाददाता