Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एउटै फर्मबाट करिब तिन करोडको केरा बिक्री

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, झापा । झापाका पाँच युवाले स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।

गौरादह–५ मा ५७ बिघा र भद्रपुर नगरपालिका–५ मा २० बिघा जग्गा भाडामा लिएर प्रेम खड्का, कमल थापा, वासुदेव उप्रेती, दारोगा जैसवाल र प्रकाश निरौलाले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती सुरु गरेका थिए । अहिलर दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन्। 

कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले चाडबाडकै अवसरमा भद्रपुरको खेतबाट एउटा यामको उत्पादन बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको जानकारी दिए।

उप्रेतीका अनुसार भद्रपुरको केराखेतीमा दसैं र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो। ती सबै वीरगञ्ज, काठमाडौँ, पोखरा र चितवनको बजारमा बिक्री भइसकेको छ। प्रतिघरी केरा बजारमा औसत एक हजार दुई सय रुपैयाँमा बिक्री भएको छ। कम्पनी आफैँले फार्ममा फलेका सबै केरा बजारमा पुर्‍याएर बिक्री गरेको हो।

अध्यक्ष उप्रेतीले भद्रपुरको फार्मबाट मात्र रु तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको जनाएका छन । 

खेतीबाट उत्साहित अध्यक्ष उप्रेतीले भने, ‘उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो, अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ, पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो। आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना रहेको छ।’

अध्यक्ष उप्रेतीका अनुसार गौरादहमा ८० हजार र भद्रपुरको फार्ममा ३० हजार केराका बोट हुर्किएका छन् । टिस्युकल्चर प्रविधिबाट नर्सरीमा ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा उमारिएका हुन्। उनले प्रतिबिरुवा ३५ रुपैयाँ मा खरिद गरिएको बताए। 

अर्का सञ्चालक कमल थापाले ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको बताउँछन । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी छन्। उनलाई बजारीकरणको राम्रो ज्ञान रहेको छ। पहिलो खेती र बजारिकरण भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताए।

श्रीगणपति एग्रिकल्चर प्रालिले ठूलो लगानीमा केराखेती गरे पनि हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन। 

  • न्युज बहार संवाददाता

थप