Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

  •   ३ वर्ष अघि | १६ मंसिर २०८०, शनिबार

मंसिर १६, दोलखा । चीनबाट दोलखाको नाका हुँदै ल्याएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

दोलखा प्रहरीले आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा बिगु गाउँपालिका–१ जामुने भन्ने ठाउँबाट ३ किलो, लमाबगरबाट ४ किलो लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो । 

जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार सुन प्रकरणमा टासी भन्ने ग्याङ रू,  दावा भन्ने आकार लामा, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सनद प्रधान, च्याङ्बा भन्ने चस्मान तामाङ, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो।

११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार, तिलक विकलाई ८८ लाख र  महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत आदेश गरेको छ।

आदेशमा उल्लेख भए अनुसार उनीहरूले तस्करी गरेर ल्याइएको सुन किनेको मात्रै देखिएकाले धरौटीमा छाडिएको हो।

  • न्युज बहार संवाददाता

थप