Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१०० किलो सुन प्रकरण : आज ठमेलको होटल भियनाका सञ्चालक पक्राउ।

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

साउन १४, काठमाडौँ। १०० किलो सुन प्रकरणमा काठमाडौँको ठमेलमा रहेको होटल भियनाबाट एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। 

आइतबार बिहान अनुसन्धानमा खटिएको विभागको टोलीले उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले जनाएको छ । उक्त होटल भियना उनकै श्रीमतीको नाममा रहेको छ।

विभागको टोलीले छिरिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि पक्राउ गरेको जनाएको छ। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

उक्त होटल भियानाबाट विभागले सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप