Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन्तला बेचेर तीन करोड आम्दानि

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

माघ २०, बागलुङ । यसवर्ष बागलुङ जिल्लाको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले सुन्तला बिक्री गरेर तीन करोड रुपैयाँ गाउँभित्र्याएका छन् ।  किसानको भनाइ अनुसार गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । त्याहाँका किसानले यस वर्ष गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । यसरी बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ । 

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको जनाइएको छ भने सुन्तलाको बजारीकरण गणेश कृषि व्यावसायिक सहकारीमार्फत हुँदै आएको छ ।  बागलुङ जिल्ला नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् । गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको सहकारीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ  । 

  • न्युज बहार संवाददाता

थप