साउन १८, म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगरको बारीमा अहिले लटरम्मै अकबरे फलिरहेको छ। तर उनलाई खुसी भन्दा बारीमा लहलह फलेको अकबरे खुर्सानी कहाँ लगेर बेच्ने भन्ने बढी चिन्ता छ।
धौलागिरि
कृषि तथा पशुपंक्षी फार्म ओमराजले सञ्चालन गर्दै आएको फर्म हो। उनको यो फर्मको छ
रोपनी क्षेत्रफलमा फलेको अकबरे खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा हिडेका
छन।
उनी
बजारको खोजिमा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा भौतारिरहेका
छन्।
बजार
अभाव अकबरे खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ।
किसानका
अनुसार स्थानीय बजार सानो छ र खपत थोरै हुन्छ भने धेरै खपत हुने ठूला सहरका व्यापारी
र अचार उद्योग सञ्चालकसँग सम्पर्क हुन सकेको छैन।
- न्युज बहार संवाददाता