जेठ १३, महोत्तरी । महोत्तरीका फलफूल र तरकारी किसानहरु लगातारको हावाहुरीले निरास भएका
छन् । जेठ लागीकन प्रत्येक दुईरतीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका
दाना झार्नुका साथै लहरे तरकारीका बेला लहरा हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने
भएकाले किसान निरास भएका हुन् । गएराति शुक्रबार मात्र हावाहुरीले बग्रेल्ती आँप
झारेका छ ।
त्यसैगरी
आँप लगायत
फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका
तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो झन बढेको हो ।
तराईमा
चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ । तर दुई साताअघिको
हावाहुरीले सबै आँप झारेपछि किसान दुःखी छन।
- न्युज बहार संवाददाता