बैशाख २७, काठमाडौँ। आज बुधबार सेयर बजार परिसूचक नेप्से घटेर
बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे १० अंक बढेर बन्द
भएको नेप्से आज
सामान्य २.४३ अंक घटेर १८४१.९३ विन्दुमा आइपुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ इण्डेक्स ०.१२ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आजको कारोबार रकम ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ।
- न्युज बहार संवाददाता