जेठ २८, काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात आज आइतबार सेयर
बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।
आज बजार खुलेसँगै बढ्न थालेको नेप्से परिसूचक ४०.४८
अंकले बढेर १९८०.०९ मा रोकिएको छ। आजको यो बृद्धि २.०९ प्रतिशत हो।
यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि
बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ६.१० अंकले घटेर ३७०.५२ पुगेको छ। त्यसैगरी फ्लोट
इन्डेक्स २.५६ अंकले बढेर १३७.६७ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स
२.०७ अंकले बढेर १२२.८२ मा बन्द भएको छ।
आज नेप्सेमा इण्डेक्स सहित कारोबार रकम पनि बृद्धी
भएको छ। आज ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बजारमा आज २७५ स्टकको ६१ हजार ४५० पटक कारोबार भएको छ।
आज फाइनान्स उपसमुहमा सबै भन्दा धेरै ५.७२ प्रतिशत बृद्धी भएको छ भने सबै भन्दा धेरै नागरिक लगानि कोषको शेयर खरिद बिक्री भएको छ।
- न्युज बहार संवाददाता