Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ । मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्स लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात पुस २ गते सोमबार अन्तिम दिन रहेको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर निष्काशनमा ल्याएको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप