भदौ १९, काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज (भदौ १९ गते) अन्तिम मौका रहेको छ। कम्पनीले दोस्रो चरणमा १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्दै १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको पूँजी जुटाउने तयारी गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि
अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीले पाएको क्रेडिट रेटिङ अनुसार, केयर रेटिङ नेपालले बुङ्गल हाइड्रोलाई ‘CARE-NP B (Single B)’ इस्युयर रेटिङ दिएको
छ, जसले औसत जोखिममा रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरिरहेको माथिल्लो
सानिगाड जलविद्युत आयोजना १०.७० मेगावाट क्षमताको रहेको छ, जसको कुल लागत ३ अर्ब २ करोड ३६ लाख
रुपैयाँभन्दा बढी छ। प्रति मेगावाट लागत २८ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको यो
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रमा अझै २६ वर्ष १० महिना बाँकी छ।
साधारण लगानी फिर्ता हुने समय ९.८५ वर्ष
र छुट दिइएको अवस्थाको लगानी फिर्ता अवधि २२.२९ वर्ष रहने अनुमान गरिएको छ।
शेयर निष्काशन तथा
बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा मेरो शेयर अनलाइन
प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता