Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामान्य अंकले बढ्यो शेयर बजार

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । सोमबार शेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक(०.१८ प्रतिशत) बढेर २११३.२४ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्सेमा दुई स्टक नेपाल वेयरहाउजीङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक १.८० प्रतिशतले लगानी उपसमूहको परिसूचक बढेको छ भने यस दिन होटल तथा पर्यटन, बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप