माघ १०,
काठमाडौँ । शेयर
बजारमा आज पनि निरासा छाएको छ । पछिल्लो ५ कारोबार दिनदेखि नेप्से परिसूचक निरन्तर
ओरालो लागिरहेको छ ।
आज बुधबार नेप्से
परिसूचक १०.२५ अंक(
०.४८
प्रतिशत)ले घटेर २०८८.०४ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३११
स्टकको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड
१० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिड सोलु हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट
लेभलमा कारोबार भएको हो भने यस दिन तेह्रथुम पावर कम्पनीको शेयर भने नकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि
इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
यस दिन कारोबारमा आएका १३
उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।
आज म्युचुअल फण्ड
उपसमूहको परिसूचक ०.१४ प्रतिशत र बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशतले बढेको छ
।
यस दिन १ प्रतिशतभन्दा
बढी जलविद्युत, लगानी
र व्यापार उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता