Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

७९.८८ अंकले घट्यो नेप्से, सबैभन्दा धेरै लगानी उपसमुहमा गिरावट

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौ ९, काठमाडौँ । आज आइतबार साताको पहिलो कारोबार दिन नेप्स परिसूचक घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ७९.८८ अंक (२.६८ प्रतिशत)ले घटेर २८९४.५७ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बजारमा यस दिन ३३३ स्टकको २ लाख १८ हजार ५७८ पटकको कारोबारमा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ बराबरको ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज घटेको बजारमा पनि ३ स्टक विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ  भने यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा अपि पावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक मात्र बढेको छ । यस दिन १.०८ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक ३.८३ प्रतिशतले लगानी उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप